२६ असार २०८३, शुक्रबार
,
Latest
माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइको हत्या अभियोगमा साउथ अभिनेत्री सान्या पक्राउ, शव क्षतविक्षत अवस्थामा फेला



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय चलचित्र (कन्नड)की अभिनेत्री सान्या कात्वेलाई आफ्नै भाइको हत्या अभियोगमा पक्राउ गरिएको छ । उनको भाइ राकेश कात्वेको क्षतविक्षत अवस्थाको शव हुबालीमा भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

३२ वर्षीय राकेश कात्वेको टाउको र शरीको भाग फरक फरक स्थानमा भेटिएका थिए । शवलाई टुक्रा टुक्रा पारी हुबालीको जङ्गलको फालिएको अवस्थामा फेला परेको हो ।

सान्या नियाजामद काटिगरसँग प्रेम सम्बन्धमा रहेको र भाई राकेशले सान्याको काटिगरसँगको प्रेमसम्बन्ध नरुचाएको बताइएको छ । 

काटिगर र साथीहरुसँग मिलेर राकेशको हत्या गरी टुक्रा टुक्रा पारी शव व्यवस्थापन गरेको खुल्न आएको हो । यसमा सान्याको पनि संलग्नता भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रेमीसँग मिलेर सान्याले राकेशको हत्या गरेको खुल्न आएको छ ।