१९ असार २०८३, शुक्रबार
,
Latest
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा अतुलनीय योगदान दिएका व्यक्तिलाई नयाँ पुस्तामा चिनाउनुपर्छ: गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अतुलनीय योगदान दिएका व्यक्तिलाई चिनाउने कार्यक्रम सरकारले तयार गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्षभरका कार्यक्रम बनाउँदा देशका लागि अतुलनीय योगदान दिएका डा.गौरीशंकरलाल दासको कार्यक्रम राख्नुपर्ने बताउनु भयो । उहाँले डा. दासले गरेका जीवनका कामहरुको बारेमा नयाँ पुस्तालाई चिनाउन र बुझाउन आवश्यक देखिएको बताउनु भयो । उहाँले नेपाली समाजमा गौरीशंकर दासजस्तो प्रवृत्ति र पात्र पनि छन् भनेर देखाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले वर्षभरका कार्यक्रम बनाउँदै गर्दा खास गरी हामीले नौ जवानहरुलाई डा.गौरीशंकरलाल दास चिनाउने केही कार्यक्रम राख्नुपर्छ । त्यसमा यहाँहरुको साथ हामी चाहन्छौँ । उहाँसँग जसले सहयात्रा गरेको छ, जसले उहाँका योगदानको बारेमा चिन्यो त्यो त थाहा छँदै छ, नौ जवानलाई किन बताउनुपर्ने छ भने हामी कहिले काहीँ यति धेरै राजनीतिका बारेमा कुरा गर्छौं, कहिले काहीँ के लाग्छ भने हामी रित्तो थियौँ भन्ने लाग्छ, तर हामी आधा भरिएका र आधा खाली थियौँ । नेपाली राजनीति आफ्नो बाटो हिँड्यो होला तर नेपाली समाजमा गौरीशंकर दासजस्तो प्रवृत्ति र पात्र थियो जसले समाजमा यो त्यो नभनिकन काम गर्नुभयो । आफ्नो कर्म र धर्म छोड्नुभएन । समाजसेवी र चिकित्सकको रुपमा । कहिले नथाकी र नअल्मलिकन उहाँले काम गर्नुभएको छ । राजनीतिबाट अलग रहेर समाजका लागि काम गरिरहनुभएको छ ।’

महामन्त्री थापाले समाजमा आफ्नो र अर्काको नभनि नथाकी कन जनसेवामा खटिने व्यक्तिहरुलाई सरकारले सम्मान गर्न सक्नुपर्ने बताउनु भयो ।