२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट



अ+ अ-

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुच्छ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
समारोहमा ॐ हस्पिटलका तर्फवाट ॐ अस्पतालका शेयरधनी हरि प्रसाद पाठक, मेडिकल डाइरेक्टर डा.हरिश जोशी, मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी तथा विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो । माछापुछ्रे बैंकका तर्फवाट चिफ विनजनस अफिसर विनित चन्द्र झा, चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदी , बाग्मती प्रोभिन्स म्यानेजर नरेश प्रधान र चावहिल शाखा प्रवन्धक निरज सिग्देलको उपस्थिति थियो ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोवाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक ॐ अस्पतालले तीन दशक अधिदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।ले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार तथा पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

नि:सन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, स्त्री तथा प्रसुती रोग, ल्यापारोस्कोपिक सर्जरी, जनरल मेडिसिन, दन्त रोग, नेत्र रोग, मानसिक रोग, फोक्सो तथा छाती रोग, मुत्र रोग लगायतका बिषयमा विशेषज्ञ सेवा प्रदान गर्दैआएको छ । मिर्गौला रोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । स्वास्थप्रति जागरुक नागरिकहरुकालागि ॐ अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, माछापुछ्रे बैंकका देशभर १६५ शाखामा १५ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले १२ एक्सटेन्सन काउण्टर, १३० शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, २०३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।