२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ करोडको ब्याग बोक्छिन् करिना, २६ हजारको माक्स लगाउँछिन्



अ+ अ-

एजेन्सी । बलिउडकी बेबो अर्थात् करिना कपुरले २१ सेप्टेम्बरमा आफ्नो ४३ औँ जन्मदिन मनाइन् । यस पटक उनको जन्मदिन विशेष थियो किनभने उनले ओटीटी मा डेब्यू गसरन्। उनको जन्मदिनको दिन उनको फिल्म ‘जाने जाना’ नेटफ्लिक्समा रिलिज भएको थियो ।

करिना कपुर आफ्नो फेशन सेन्स र लग्जरी लाइफस्टाइलका कारण सधैं चर्चामा रहन्छिन् । आलिया भट्ट र भूमि पेडनेकर पनि उनको स्टाइलको तारिफ गर्छिन् ।

करिना हरेक वर्ष छुट्टी मनाउन जान्छिन् । जुन २०२२ मा करीना सैफसँग माल्दिभ्स गइन् । करिना यहाँ ‘सोनेभा फुशी’ नामक भिलामा बसेकी थिइन् । यस फाइभ स्टार भिल्लामा एक रात बिताउन करिनाले करिब १८ लाख भारतीय रुपैयाँ खर्च गर्नुपरेको थियो ।

यस बाहेक करिनाले युरोपमा पनि बिदा मनाउँछिन् । यसै वर्ष जुलाईमा करिना श्रीमान् र छोराछोरीसँग इटाली गएकी थिइन् । करीनाले आफ्ना विदेशी साथीहरूसँग खाजा खाँदै गरेको तस्विर पनि सेयर गरेकी छन् । करिनाले यहाँ एक दिन बस्न दुई लाख रुपैयाँ खर्च गरेकी थिइन् ।

उनीसँग हर्मेस बिर्किनको दुईवटा ब्याग रहेको छ । जसको मूल्य १३ करोड रुपैयाँ रहेको छ । यस्तै उनीसँग शनेलको ब्याग समेत रहेको छ जसको मूल्य ६ लाख रुपैया पर्न जान्छ । कोरोनाकालमा करिनाले लुइस भिटनको माक्स लाएकी थिइन् । जसको मूल्य २६ हजार रहेको थियो ।

करीनासँग १८ क्यारेटको बुलगारी सर्पेटी रोज सुनको घडी छ । यो घडी चम्किलो हिराले बनेको छ र यसको मूल्य २७ लाख रुपैयाँ छ । करिनासँग ७५ लाख मूल्यको ५ क्यारेटको प्लैटिनम रिंग पनि छ । सैफले यो औंठी करिनालाई आफ्नो इन्गेजमेन्टको अवसरमा उपहार दिएका थिए ।

हाल करीना पुमा, लक्स, ल्याक्मे, हेड एण्ड शोल्डर्स, कोलगेट जस्ता धेरै ठूला ब्रान्डहरूमा देखिन्छिन् । उनले ब्राण्ड प्रमोशनका लागि ५ देखि ६ करोड रुपैयाँसम्म लिन्छिन् । उनले एउटा फिल्मका लागि ८ देखि १० करोड भारु लिन्छिन् ।