२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा बिधेयक बारे मुस्लिम अगुवाहरुको नेता नेपाललाई ज्ञापनपत्र



अ+ अ-

काठमाडौं । मुस्लिम समुदायका अगुवाहरुले शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मा मदरसा शिक्षाप्रति अन्याय भएको भन्दै सरकार र बिभिन्न पार्टीका नेताहरुको ध्यानआकर्षण गराएका छन् ।

उनिहरुले विधेयकमा मदरसा शिक्षाका केही कुराका सम्बोधन भएपनि अपूर्ण रहेको भन्दै सरकार र दलका नेताहरुको ध्यानकर्षण गराएका हुन्।

नेपाल हज समितिका पूर्वअध्यक्ष ताज मोहम्मद मियाँले न्यूजपोलारसंग भन्नुभयो ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मा मदरसा शिक्षालाई सम्बोधन गरिएकामा सरकारलाई धन्यवाद दिएका छौ तर त्यो अपूर्ण छ पूर्ण बनाउनका लागि सरकार र बिभिन्न दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएका छौ ।

मियाका अनुसार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि ज्ञापनपत्र बुझाएका छन् ।

उहाँले मूलभूतरुपमा विधेयकमा मदरसा शिक्षाप्रति अन्याय भएको भन्दै आवश्यक संशोधनका लागि अनुरोध गरिएको बताउनु भयो ।

ज्ञापनपत्र बुझाउन सांसद खालिद सिद्दिकी, कल्पना मियाँ विभिन्न मुस्लिम भातृ संगठन र सामाजिक संघ संस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

 




भर्खरै