२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

ॐ हस्पिटल र नेपाल एसविआई बैंकबीच विशेष छुट सम्झौता



अ+ अ-

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल एसबिआई बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको केन्द्रिय कार्यालय कमलादिमा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपाल एसविआई बैंकका म्यानेजिङ डाइरेक्टर तथा सिइओ दीपक कुमार डेको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नेपाल एसविबई बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका प्रमुख वित्तिय अधिकृत मो।रिजवान आलमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

समारोहमा नेपाल एसविआई बैंकका तर्फवाट चिफ अपरेटिङ अफिसर यादवेन्दर कान्त, चिफ विजनस डेभलोपमेन्ट अफिसर रितेश अर्याल, विजनश डेभलोपमेन्ट म्यानेजर सुमन सिलवालको उपस्थिति थियो भने ॐ हस्पिटलका तर्फवाट विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोवाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नि:सन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ।भि।एफ। सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, स्त्री तथा प्रसुती रोग, ल्यापारोस्कोपिक सर्जरी, जनरल मेडिसिन, दन्त रोग, नेत्र रोग, मानसिक रोग, फोक्सो तथा छाती रोग, मुत्र रोग लगायतका बिषयमा विशेषज्ञ सेवा प्रदान गर्दैआएको छ । मिर्गौला रोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । स्वास्थप्रति जागरुक नागरिकहरुकालागि ॐ अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, कमलादी काठमाडौंमा कर्पोरेट अफिस रहेको अग्रणि बैंक नेपाल एसविआई बैंकका देशभर ९४ शाखामा १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले २२ एक्सटेन्सन काउण्टर, ११ शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।