२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसाधारण लक्षित आन्दोलन नगर्न गृह सचिवको चिकित्सकहरुलाई आग्रह



अ+ अ-

काठमाडौँ । गृह सचिव दिनेश भट्टराईले चिकित्सकहरुलाई सर्वसाधारण लक्षित आन्दोलन नबनाउन आग्रह गर्नुभएको छ ।

विभिन्न अस्पतालमा चिकित्सकहरुमाथि आक्रमण भएपछि देशभरका रेसिडेन्ट चिकित्सकहरु आन्दोलनरत छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शुक्रबार उपस्थित गृह सचिव भट्टराईले चिकित्सकहरुको मागमा सरकार गम्भीर रहेको बताउनुभयो ।

चिकित्सकहरु सडकमा आएको ६र८ घन्टाभित्र मुख्य मुद्दा सम्बोधन गरेको उहाँको भनाइ थियो । “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने प्रतिबद्धता भइसकेपछि पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता नदिइदिन अनुरोध गर्छु ।”

गृह मन्त्रालय सुरक्षाको बन्दोबस्त गर्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीहरुलाई विशेष अनुरोध छ, वार्ताद्वारा सम्बोधन हुनसक्ने, दीर्घकालीन नीतिगत प्रबन्धद्वारा हुनसक्ने विषयलाई सडकमा आएर सेवा नै अवरुद्ध गरेर गर्न जरुरी छैन ।”