२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुबाट साढे ६ क्विन्टल रक्तचन्दन बरामद



अ+ अ-

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज बिहान साढे छ क्विन्टल रक्तचन्दन बरामद गरेको छ ।

रक्तचन्दनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका– ३ का टीकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका– ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका– ३ का नीमबहादुर नेपाली रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको छ सय ५३ किलो एक सय ५० ग्राम रक्तचन्दन बुद्धभूमि नगरपालिका–१ पत्थरकोटबाट नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

रक्तचन्दन ढुवानीमा प्रयोग गरिएको लु २ च १६३९ नम्बरको बोलेरो जीप र ना ५ ख ७३८२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । रक्तचन्दनको काठ र पक्राउ गरिएका व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा पठाइएको प्रहरीले जनाएको छ । रासस