२६ असार २०८३, शुक्रबार
,
Latest
आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा २ हजार ६१८ जनामा कोरोना पुष्टि,  १४ जनाको मृत्यु



अ+ अ-

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा थप ८७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। 

गएको २४ घन्टामा ७ हजार ५ सय २५ पीसीआर तथा ११ सय ४३ एन्टिजेन परीक्षण भएको छ। यो सँगै हाल देशभर १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौँका ६४४, ललितपुरका  १४१ तथा भक्तपुरका  ८७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा  १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ।