काठमाडौं । कोरोना भाइरस संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमलराज्यलक्ष्मी शाह नर्भिक अस्पताल भर्ना हुनु भएको छ। पूर्व राजा रानीलाई स्वास्थ्यमा थप समस्या भएपछि दिउँसो १ बजे अस्पताल ल्याइएको हो । छोरी प्रेरणालाई पनि कोरोना संक्रमण पुष्टि भएकोले साही अस्पतालमा भर्ना गरिएको छ ।
हरिद्धारमा सम्पन्न कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्व राजा दम्पत्तीलाई उताबाट फर्किए लगत्तै कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।











