२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री श्रेष्ठ बर्दिवासमा, सुरक्षा निकायका प्रमुखहरुसित छलफल



नारायणकाजी श्रेष्ठ (फाइल तस्वीर)
अ+ अ-

काठमाडौं: उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा सुरक्षा व्यवस्थाको पछिल्लो अवस्थाबारे जानकारी लिन थाल्नु भएको छ । उहाँले आज बर्दिवासमा सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक डाक्नु भएको छ ।

गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार गृहमन्त्री श्रेष्ठले पछिल्ला केही दिनदेखि मधेश प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे प्रमुख जिल्ला अधिकारीहरु र जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख एवं प्रदेश प्रमुखहरूबाट जानकारी लिनु भएको छ ।

खासगरी, जनकपुर र सर्लाहीमा विभिन्न समुदायबीच उत्पन्न झडप भएका थिए, र त्यहाँ स्थिति अझै पूर्ण शान्त भइसकेको छैन ।

बैठकमा गृहसचिव दिनेश भट्टराई, प्रवक्ता नारायणप्रसाद भट्टराई, प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुखलगायतको बैठकमा सहभागिता छ ।

मन्त्रालयका अनुसार गृहमन्त्री श्रेष्ठले अन्य प्रदेशका सुरक्षा प्रमुखहरूबाट पनि ब्रिफिङ लिने तयारी गर्नु भएको छ ।