२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ सिड्नीमा



अ+ अ-

सिड्नी । नेपाली सांगीतिक क्षेत्रका बहु चर्चित लोकप्रिय गायक प्रकाश सपुतले अष्ट्रेलियाको सिड्नीमा यही आउँदो डिसेम्बर १७ तारिख २०२३ आइतबारका दिन प्रस्तुति दिने भएका छन् ।

जाले रुमाल फाट्यो, दमाइ महाराज, फुलमाया सकम्बरी, ‘कुरा बुज्न पर्च, गलबन्दी च्यातियो तिमीले तानेर, केटाहरू नबन सोझो, बोल माया, यो देश मेरो पनि हैन र, तिम्रो मायाले मलाई पिर दियो जस्ता लोकप्रिय गीत नेपाली सांगीतिक जगतमा पस्किएका सपुतलाई याक एण्ड यति इभेन्ट र यात्री इन्टरटेनमेन्टको संयुक्त रुपमा ल्याउन लागेको याक एण्ड यति ईभेण्टका सञ्चालक आशिष भण्डारीले जानकारी गराएका छन्।

नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक चर्चामा रहेका लोकप्रिय गायक तथा नायक प्रकाश सपुतको साथमा गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता गायिका सज्जा चौलागाईं र गायक कुमा सागरको समेत प्रस्तुति रहने यात्री इन्टरटेनमेन्टका रबिन थापाले बताए । कार्यक्रम १०५ भिक्टोरिया रोड मेरिक्भिल एनएसडब्लु सिड्नी अष्ट्रेलियामा साँझ ७ बजे देखि ११ बजे सम्म हुने आयोजकले बताए ।