२६ असार २०८३, शुक्रबार
,
Latest
आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले बादललाई नै बनायो राष्ट्रिय सभाको उम्मेदवार



अ+ अ-

काठमाडौं । माओवादीले कारबाही गरेपछि रिक्त रहेको राष्ट्रिय सभाको सदस्य पदका लागि हुन लागेको निर्वाचनमा नेकपा एमालेले रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने भएको छ । 

सो पार्टीका नवनियुक्त स्थायी समिति सदस्य तथा गृहमन्त्री बादललाई उम्मेदबार बनाउने निर्णय एमालेले आज गरेको हो । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद गुमेको थियो । त्यसपछि सो पद हालैमात्र रिक्त भएको हो ।

राष्ट्रियसभाको रिक्त पदका लागि निर्वाचन आयोगले बिहीबार मात्र उप निर्वाचनको मिति तोकेको थियो । आयोगले थापाको रिक्त स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।

यो निर्णयले माओवादी अध्यक्ष प्रचण्डलाई झट्का दिने भएको छ । यसअघि माओदीबाट निर्वाचित उनलाई ओली पक्षको एमालेमा लागेको भन्दै प्रचण्डले कारबाही गरी सांसदबाट बर्खास्त गर्नु भएको थियो।