२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौँ: मन्त्री बस्नेत



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८१/८२ भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताउनुभएको हो ।

उहाँले मन्त्रालयसँग आगामी १२ वर्ष भित्रमा २८ हजार मेघावाटभन्दा बढी विद्युत उत्पादन गर्ने स्पष्ट मार्गचित्र भएको बताउनु भयो । आगामी १२ वर्ष भित्रमा कुन वर्षमा कति मेघावाट विद्युत कहाँबाट उत्पादन गर्ने भन्ने तथ्य र तथ्यांकसहित मन्त्रालय अगाडी बढेको बताउनु भयो । त्यसको निम्ति लगानीको व्यवस्थापन गर्ने सम्बन्धमा पनि मन्त्रालय स्पष्ट रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विद्युतको उत्पादन र प्रशारणको कुरामा अर्को वर्षमा जाँदा हामी एक हजार मेघावाट थप्छौँ । अबको एक वर्षमा पुग्दाखेरी एक हजार मेघावाट उत्पादन थप गर्छौ । यो क्रम सँगसँगै हामीले १२ वर्षमा जाँदा २८ हजार भन्दा बढी मेघावाट विद्युत उत्पादन हुने मार्गचित्र तयार गरेका छौँ । त्यसलाई तथ्य, तथ्यांकले ब्याकअप गर्ने गरेर, स्रोत हामी कहाँबाट जुटाउँछौँ हामीले त्यो बोलेका छौँ । हामी कुन आयोजनाबाट २८ हजार मेघावाट उत्पादन गर्छौ त्यो कुरा बोलेका छौँ । लगानीको व्यवस्थापन कसरी गर्छौ त्यो कुरा हामीले बोलेका छौँ । २८ हजार त १२ वर्षमा एकै पटक आउने होइन नि कुन वर्षमा कति ल्याउँछौँ त्यो सबै कुराको तथ्य, तथ्यांकसहित नै हामीले गरिरहेका छौँ ।’

उहाँले आगामी दुई वर्ष भित्र सत्प्रतिशत विद्युतिकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताउनु भयो ।