२६ असार २०८३, शुक्रबार
,
Latest
आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीबाट जिल्लामा करीब रु दुई करोडको क्षति



अ+ अ-

झापा । लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्‍याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको हो ।

कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार घोगा लागिसकेका मकै र बह्रदशी गाउँपालिका–७ स्थित प्रधानमन्त्री कृषि आधुनिकीरणअन्तर्गतको दुर्गा माता कोलाखेती तथा कृषि फार्मले सञ्चालन गरेको केरा ब्लकका २०० बोट केरा भाँचिएका छन् ।

उहाँले हावाहुरीले करीब रु ५० लाख बराबरको केराको बोट नष्ट भएको बताउनुभयो । मकै जोनअन्तर्गत खेती गरिरहेका किसान हावाहुरीले दाना लाग्न थालेको मकै नष्ट गरेपछि चिन्तित बनेका छन् ।
     
जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको तरकारी बाली र फलफूलसमेत नष्ट भएको उहाँको भनाइ छ । आँप र लिचीका हाँगा भाँच्चिनुका साथै चिचिला प्रायः सबै झरेका छन् । रासस