२६ असार २०८३, शुक्रबार
,
Latest
आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलको ह्वीप उल्लंघन गर्ने ४ जनाको सांसदपद र पार्टी सदस्यता खारेज



अ+ अ-

काठमाडौ । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलले  पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई कारवाहीका लागि सिफारिस गरेको थियो  । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा उभिएका एमालेका चार सासंदहरुको पद निलम्बन गर्ने तथा पार्टीको सााधारण सदस्य समेत खारेज गर्न सिफरिस गरेको हो ।

प्रदेश सांसदलाई गर्ने कारबाहीको अधिकार पनि पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी ओली संग रहेको छ । कारबाहीमा पर्नेमा सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही रहेका छन् । उहाँहरु चारै जना प्रत्यक्ष निर्वाचित सांसद हुनहुन्छ ।