२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालहरू पार्टी एकताको पक्षमा छैनन: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरू पार्टी एकताको पक्षमा नभएको  बताउनु भएको  छ ।

बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो  पटक पटक कुरा भयो तर उहाँहरुमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति देखिएन  ।

आफू पछाडी हटेर भएपनि एकताका लागी पहल गरेको जनाउदै ओलीले पुष्पकमल दाहाल  र माधव नेपालहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको दाबी गर्नुभयो ।

उहाले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भभव नहुने भन्दै  अहिले पनि केही व्यक्तिहरु अराजक ढंगले पार्टी कै नेताहरुविरूद्ध विष वमन गर्ने प्रवृत्ति प्रति आफू सचेत रहेको बताउनु भयो ।