२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशीमा गोताखोर तालिमको अभ्यास, हरेक प्रदेशमा एक टिम राख्ने एपीएफको लक्ष्य



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरीले गोताखोर तालिमका प्रशिक्षार्थीलाई सप्तकोशी नदीमा अभ्यास गराएको छ ।

गोताखोर तालिमका सहभागी प्रशिक्षार्थी कर्मचारीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीले सप्तकोशी नदीको ब्यारेजमा अभ्यास गराएको हो ।

४० दिने तालिममा सहभागी २० जना सुरक्षाकर्मीलाई बराह बाहिनीले नदीको गहिराई र बहाव ज्यादा रहेको क्षेत्रमा अभ्यास गराउँदै आएको छ । पानी मुनिको गहिराईमा पुगेर गरिने खोज तथा उद्धारमा खटिने जनशक्तिको संख्या बढाउने संगठनको नीतिअनुसार कोशी प्रदेशमा सञ्चालित गोताखोर तालिमका सहभागीलाई सप्तकोशीको भेल र गहिराईमा अभ्यास गराइएको बराह बाहिनीले जनाएको छ ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा गोताखोर तालिम सञ्चालनमा ल्याएको बताउनु भयो । १८ जना सशस्त्र प्रहरी र २ जना जनपथ सम्मिलित गोताखोर तालिम संगठनको चौथो ब्याच रहेको पोखरेलले बताउनु भयो । पोखरेलकाअनुसार हाल देशभर ७४ जनाको संख्यामा रहेको जनशक्ति चौथो ब्याच पश्चात ९४ को संख्यामा पुग्नेछ ।

उक्त जनशक्ति देशभर आइपर्ने विपद्, खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले बताउनु भयो । चौथो ब्याचका जनशक्तिलाई सप्तकोशी पश्चात त्रिशुली नदी र फेवा तालमा अभ्यास गराइने पोखरेलले बताउनु भयो । गोताखोर तालिमको अभ्यासका क्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहितको उपस्थिति रहेको थियो ।