२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकको निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले नागरिक उड्डयनसम्बन्धित दुई वटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारी सहित उपस्थित हुन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ चिनियाँ जहाजको बारेमा अर्को बैठकमा, कति सालमा, के समयमा ? कतिमा खरिद भयो ? र कसरी हाम्रो नेपाल वायु सेवा निगमको पार्ट बन्न पुग्यो ? त्यसको बाहिर टेक्निकल्ली कुन कुन देशले किनेको छ ? के रहेछ ? इन्डिटेल कसरी जाने ? भन्ने बारेमा समितिलाई जानकारी गराउन निर्देशन दिन्छु ।’

उहाँले मन्त्रालयले समितिलाई चिनियाँ जहाज कसरी नेपाल वायुसेवाको भाग बन्यो भन्नेबारेमा पनि जानकारी गराउनुपर्ने बताउनु भयो ।