काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामाज्य गिरावट आएको छ । आज (शुक्रबार) सुनको मुल्यमा रु ५ सयको गिरावट आएको छ । हिजो छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार २ सय थियो भने आज रु ५ सयको गिरावट सहित प्रतितोला रु ९१ हजार ७ सय मा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि तोलामा रु ९१ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
उता चाँदीको मुल्य भने तोलामा रु १३२० कायम गरिएको महासंघले जनाएको छ ।







