२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली स्वयमसेवक ‘जीवनका लागि नायकहरु’ स्वयमसेवा गर्न काठमाण्डौमा



अ+ अ-

काठमाण्डौ। इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ अर्थात ‘जीवनका लागि नायकहरु’ संग आवद्ध ३४ जना स्वयमसेवक युवाहरु २ हप्ताको लागि नेपाल आइपुगेका छन् ।

उनीहरुले आफ्नो दुईहप्ते बसाईका क्रममा काठमाण्डौका विभिन्न सामुदायीक विद्यालयको भौतिक संरचना निमार्णको साथै शिक्षा विकासमा सहयोग गर्नेछन् ।

उनीहरु काठमाण्डौको शान्ति शिक्षा मन्दीर ठहिँटी, नन्दीरात्री मावि नक्साल, पञ्चायन सेलेस्टियल स्कुल टोखा, नारायण जन मावि चन्द्रागिरी— ९ मच्छेगाउँ र किटीनी मावि गोदावरी, ललितपुरमा दुईहप्तासम्म स्वयमसेवा गर्नेछन् ।

बिहीबार नेपाल आइपुगेका इजरायली स्वयम्सेवकहरुलाई नेपालका लागि इजरायली राजदूत हनान गोडरले विशालनगरस्थित आफ्नो निवासमा स्वागत गर्दै उनीहरुको दुईहप्ते स्वयमसेवाबाट यहाँका विद्यालय र विद्यार्थीले लाभ लिने विचार व्यक्त गरे ।

इजरायल र नेपालवीचको सम्वन्धलाई बलियो र मजबुत बनाउन इजरायली स्वयमसेवकहरुबाट जनस्तरदेखि नै मद्धत पुग्ने पनि राजदूत गोडरले विश्वास व्यक्त गरे ।

जीवनका लागि नायकहरु संस्थामा आवद्ध स्वयमसेवकहरु हरेक वर्ष ती विद्यालयमा आएर स्वयमसेवा गर्दै आएका छन् ।

नेपाल र इजरायलवीचको दौत्य सम्वन्ध कायम भएको ६३ वर्ष भइसकेता पनि इजरायली स्वयमसेवकहरु आउन थालेको भने ६ वर्ष अघिदेखि मात्रै हो । इजरायलका स्वयमसेवकहरुले विश्वका १७ वटा देशमा स्वयमसेवा गर्दै आईरहेका छन् ।