२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङ जादै गरेका प्रधानमन्त्रीलाई रास्वपा अध्यक्ष रबिको सुझाब: हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन्



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबि लामिछाने बझाङमा जान लाग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्नुभएको छ ।

बझाङमा नै रहनु भएका लामिछानेले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीलाई हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलिकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होलाभनेर सुझाब दिनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनें। यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ। सबैका लागि प्रयाप्त त्रिपाल पनि छैन। चिसो बढ्दो छ, ओढ्ने-ओछ्याउने आवश्यक छ। बच्चा र जेष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ। स्वास्थ्य चौकीहरु र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल बैकल्पिक उपाय सहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन् ।

प्रभावितलाई अब क्रमशस् अरु समस्याले पिरोल्ने छ। घर भत्किएका र चर्किएकालाई विस्तारै सुरक्षित आवासमा लैजानु पर्ने छ। प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नु भएको होला। प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु।

हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलीकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला। हामी बझाङका जनताको साथमा छौं।