२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनी देओलको ‘बोर्डर २’ मा आयुष्मान खुराना, अहान शेट्टी र एमी विर्कको मुख्य भूमिका रहने



अ+ अ-

एजेन्सी । ‘गदर २’ को अपार सफलताले बलिउडका कल्ट क्लासिक फिल्महरूको सिक्वेलको माग फेरि बढाएको छ । र यो मागमा पहिलो नाम आउँछ फिल्म निर्माता जेपी दत्ता र सन्नी देओलको फिल्म ‘बोर्डर’को ।

दर्शकको ठूलो मागमा अब २६ वर्षपछि जेपी दत्ता र सनी देओलले बोर्डरको सिक्वेलका लागि हात मिलाएको सुनिएको छ । बोर्डर भन्दा पहिले जेपी दत्त र सन्नी देओलले ‘यथीम’ र ‘क्षत्रिय’मा सँगै काम गरेका थिए ।

तर यस पटक बोर्डरको सिक्वेलमा ट्विस्ट आएको छ र त्यो हो, पहिलो बोर्डरसँग बोर्डर २ को कुनै सम्बन्ध रहने छैन । यसबारे एक नजिकको स्रोतले भने, ‘बोर्डरको सिक्वेल एकदमै फरक फिल्म हुनेछ जसमा सनी देओल फेरि सिपाहीको भूमिकामा देखिनेछन् । यस पटक उनको साथमा आयुष्मान खुराना, सुनील शेट्टीका छोरा अहान शेट्टी र पञ्जाबी अभिनेता एमी विर्क पनि मुख्य भूमिकामा देखिनेछन् ।

चाखलाग्दो कुरा के छ भने, यो पनि भनिएको छ कि आयुष्मान खुराना भन्दा पहिले कार्तिक आर्यनलाई बोर्डर २ को अफर गरिएको थियो तर उनले त्यसलाई अस्वीकार गरेपछि आयुष्मानलाई कास्ट गरियो । बोर्डर २ आहान शेट्टीको डेब्यू फिल्म ‘तडप’पछिको दोस्रो फिल्म हुनेछ । पञ्जाबी स्टार एमी विर्क, जसले पहिले धेरै हिन्दी फिल्महरू अस्वीकार गरे, तर तुरुन्तै बोर्डर २ मा भने राजी भए ।