२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘वानर सेना’ प्रदर्शनमा



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ ।

शुक्रवार काठमाडौंमा प्रिमियर शो भएको हो । चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको हो । चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण छ ।

अर्पण गिरीले निर्देशन गर्नुभएको चलचित्रमा उहाँसँगै आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साह, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रिमियर शोपछि बोल्दै अभिेनता एवं शोभित बस्नेतले सम्पूर्ण नेपाली चलचित्रलाई आफूले मन पराउने र नेपाली चलचित्रलाई साथ र सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

निर्देशक गिरीले नै लेख्नुभएको चलचित्रमा विनोद सापकोटाको छायाङ्कन, जोन तामाङको सङ्गीत, प्रविण ढकालको रङ्ग संयोजन, नारायण रिजालको नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र युवराज गिरीले निर्माण गर्नुभएको हो ।