२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनियर अहेबको स्राेत नखुलेको सम्पत्ति ९० लाख, अख्तियारद्वारा मुद्दा दर्ता



अ+ अ-

काठमाडौं: चापाकोट नगर कार्यपालिकाको कार्यालय, चापाकोट, स्याङजाका सिनियर अहेव बिन्दु कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कोइरालाले सार्वजनिक सेवामा नियुक्ति पाएको मितिदेखि २ करोड ९७ लाख आर्जन गरेको देखिए पनि खर्च भने रु. ३ करोड ८८ लाख गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ ।

निजले गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा रु. ९० लाख ३९ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन बमोजिम निज कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति पत्नी गीता कोइराला समेतको नाममा बैंक खातामा रकम मौज्दातमा गरिएका खर्च मध्ये स्रोत पुष्टि हुन नसकेको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने गरी मुद्दा दायर भएको छ ।