२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान गरेका छन् । बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा उनी बेलायत गएका हुन्।

प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको भ्रमण गर्ने छन् । ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका छन् ।

प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्ने छन् । प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रीयन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ ।

प्रधान सेनापतिको भ्रमणदलमा सैनिक तालिम महानिर्देशक उपरथी श्री सन्तोष कुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी रहेका छन् । प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछ ।

प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव श्री किरणराज शर्मा तथा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले बिदाइ गरेका थिए। सो अवसरमा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । बेलायत प्रस्थान गर्नु पूर्व प्रधान सेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

बेलायत भ्रमण पश्चात् प्रधान सेनापति यही आश्‍विन २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।