५ असार २०८३, शुक्रबार
,
Latest
सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले दियो भारतलाई २०० रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप अन्तर्गत लिग चरणको खेलमा अष्ट्रेलियाले भारतलाई २०० रनको लक्ष्य दिएको छ ।

चेन्नईको एम चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै १९९ रन जोड्यो । उसका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन जोडे ।

यस्तै, डेभिड वार्नरले ४१, मार्कुस लाबुसेनले २७, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १५–१५ रन जोडे भने मिचल स्टार्कले २८ रन जोडे । मिचेल मार्स र एलेक्स केरी खाता नखोली पेभिलियन फर्किए ।

भारतका लागि रविन्द्र जडेजाले तीन विकेट लिए भने कुलदीप यादव र जासप्रित बुमराहले दुई–दुई विकेट लिँदा मोहम्मद सिराज, हार्दिक पाण्ड्या र रविचन्द्रन अश्विनलाई एक–एक सफलता मिल्यो ।




भर्खरै