२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

के महाभारतमा आधारित फिल्ममा देखिनेछन् शाहिद कपुर ?



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार शाहिद कपुरको फ्यान फलोइङ निकै ठूलो छ । अभिनेताको पछिल्लो रिलिज फिल्मको कुरा गर्दा ‘फर्जी’ र ‘ब्लडी ड्याडी’ ले दर्शकलाई निकै प्रभावित बनाएको थियो ।

यी फिल्महरूमा आफ्नो भूमिकाको लागि शाहिदले धेरै प्रशंसा पाए । यतिबेला उनको अभिनेत्री कृति सेननसँग एउटा अनटाइटल फिल्म छ । यस बाहेक अब शाहिदले एउटा पौराणिक महाकाव्य पनि साइन गरेको खबर आइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार शाहिद कपुरले वाशु भगनानी र ज्याकी भगनानीसँग हात मिलाइसकेका छन् । उनको आगामी फिल्म पौराणिक कथामा आधारित छ । शाहिद कपुरले महाभारतमा आधारित फिल्म साइन गरेका हुन् । उनी ‘महाभारत’को निकै महत्वपूर्ण पात्र कुन्तीका छोरा कर्णको भूमिकामा देखिने सम्भावना छ । यो फिल्म २०२१ मा वासु भगनानीको पूजा इन्टरटेनमेन्टले घोषणा गरेको थियो ।

यसअघि दर्शकले नदेखेको फिल्मलाई फरक ढंगले प्रस्तुत गर्ने तयारीमा फिल्म निर्माताहरु लागेको बताइएको छ । समाचार अनुसार शाहिदले सन् २०२४ मा फिल्मको सुटिङ सुरु गर्नेछन् । यस बाहेक निर्माताले फिल्मलाई हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज गर्ने योजना बनाएका छन् ।




भर्खरै