२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना नदिकन आक्रमण गरे कब्जामा रहेकाको हत्या गर्ने धम्कीप्रति सरकारले के सोचेको छ: प्रकाशमान सिंह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले इजरायलले सर्वसाधारणलाई सूचना नदिकन आक्रमण गरे हमासले कब्जामा रहेकालाई हत्या गर्ने धम्की दिइरहेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद सिंहले सो बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले इजरायल घटना संवेदशील भएकाले सयम समयमा नेपाल सरकारले त्यहाँको स्थितिको बारेमा ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो । उहाँले स्वदेश फर्किन चाहने नेपालीहरुलाई आवश्यक प्रवन्ध मिलाइ चाँडो भन्दा चाँडो ल्याउन आग्रह गर्नुभयो । उहाँले युद्ध अझै चर्किनसक्ने अनुमान रहेकाले नेपालीहरुलाई चाँडो स्वदेश फर्काउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खास गरेर राष्ट्र नै शोकमा डुबेको बेलामा यो जुन असोज २० गतेको दिनको जुन आक्रमणबाट इजरायलमा रहेका नेपालीहरुको दु:खको समाचार सुन्नुपरेको छ । यो आकस्मिक रुपमा भएको कारणले गर्दा सरकारले सरकारको तर्फबाट अग्रसरता देखाउनुभएको छ, यो सरकारले गर्नुपर्ने कार्यहरु, यस्तो संकट पर्दा ति संरचना र निकायहरुलाई परिचालन गर्नुपर्नेदेखि लिएर सबै बसेर समन्वय गर्ने काम भइरहेको छ ।’

‘इजरायलमा रहेका नेपालीहरुको अवस्थाको बारेमा जानकारी गराउनुभएको छ । युद्ध नै शुरु भइसकेको अवस्थामा सरकारको तर्फबाट मन्त्रीज्युले भनिसक्नुभएको छ । नेपाल नै फर्किन चाहनेहरुलाई पनि त्यहाँको दुतावासलाई अलर्टनेसलाई राखेर काकम गरिरहनुभएको छ । इजरायली सरकार र नेपालमा रहेका राजदुतसँग छलफल जुन गरिरहनुभएको छ । संवेदनशील भएको कारणले सयम समयमा जानकारी गराएको खण्डमा राम्रो हुन्छ । तेलेवी एयरपोर्ट अप्रेशनमा छ भन्नुभएको छ, त्यहाँबाट फर्किएर आउने नेपालीलाई चाँडो ल्याइयोस् । हमासले इजरायलले सर्वसाधारणलाई सूचना नदिकन आक्रमण गरे कब्जामा रहेकालाई हत्या गर्ने धम्की आइरहेको छ । यसमा सचेत हुनुपर्छ । यो विषयमा सरकारले के सोचिरहेको छ ?’

नेता सिंहले इजरायलस्थित दुतावासलाई थप निर्देशन दिनुपर्ने बताउनु भयो ।