२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्धार गरी नेपाल ल्याउन सरकारलाई काँग्रेसको आग्रह



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहाने नागरिकहरुलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताको लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताउनु भयो । त्यस्तै गरी युद्धमा परि बेपत्ता भएका नेपाली नागरिकहरुलाई खोजि गरेर उहाँको स्थितिलाई सार्वजनिक गर्न पनि आग्रह गरिएको छ । बैठकले इजरायलमा जोखिममा परेका मानिसहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा राख्न, खान, बस्नको उचित व्यवस्था गर्न र हत्या भएका विद्यार्थीहरुको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याएर परिवारजनलाई बुझाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रमुख सचेतक लेखकले भन्नुभयो – ‘आजको बैठकबाट दश जना हत्या भएका नेपाली विद्यार्थीहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेका छौँ । उहाँहरुको परिवारलाई समवेदना व्यक्त गरेका छौँ । सरकारको केही विषयमा ध्यानाकर्षण गराएका छौँ, जोखिममा परेका मानिसहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा राख्ने, उनीहरुका लागि खान, बस्न उचित व्यवस्था गर्ने, हत्या भएका १० जना होनाहार नेपाली विद्यार्थीको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याउने र परिवारजनलाई बुझाउने ।

यसका साथसाथै जो मानिसहरु बेपत्ता भएको अथवा सम्पर्कमा नरहेको अवस्था छ, तत्काल उहाँहरुको खोजि गरेर उहाँको स्थितिलाई सार्वजनिक गर्ने र नेपाल आउन चाहने नागरिकहरुलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताको आवश्यक व्यवस्था मिलाउनका लागि आजको बैठकले सरकारलाई ध्यानाकर्षण गराएको छ । अनुरोध गरेको छ । हत्या भएका नेपाली नागरिकहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छौँ । शोक प्रश्ताव पारित गरेका छौँ ।’

बैठकले हत्या भएका नागरिकहरुलाई श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।