५ असार २०८३, शुक्रबार
,
Latest
सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाजार्डले लिए फुटबल खेलबाट सन्यास



अ+ अ-

एजेन्सी । चेल्सीका पूर्व विङ्गर इडेन हाजार्डले सिजनको अन्त्यमा रियल मड्रिड छाडेर फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३२ वर्षीय हाजार्ड सन् २०१९ मा चेल्सीबाट ८९ मिलियन पाउण्डमा रियल आएका थिए तर उनले स्पेनिस जाइन्ट्सका लागि मात्र ५४ लिग खेल खेले ।

उनले स्ट्यामफोर्ड ब्रिज (चेल्सी)मा आफ्नो समयमा दुई प्रिमियर लिग उपाधि जितेका थिए । जुनमा आफ्नो सम्झौता समाप्त भएदेखि स्वतन्त्र एजेन्ट बनेका हाजार्डले भने ‘तपाईंले आफैलाई सुन्नुपर्छ र सही समयमा रोक्नुहोस् भन्नु पर्छ ।’

‘१६ वर्ष र ७०० भन्दा बढी खेल खेलेपछि, मैले एक पेशेवर फुटबलरको रूपमा आफ्नो करियर समाप्त गर्ने निर्णय गरेको छु ।’ उनले भने ।

हाजार्डले गत डिसेम्बरमा नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । जुन बेल्जियम समूह चरणमा २०२२ को विश्वकपबाट बाहिरिएको थियो ।

रियल मड्रिडमा हाजार्डले च्याम्पियन्स लिग, एक क्लब विश्वकप, एक युरोपेली सुपर कप, दुई ला लिगा उपाधि, एक कोपा डेल रे र दुई स्पेनिश सुपर कप जिते । तर स्पेनमा उनको समय व्यापक रूपमा निराशाजनक मानिन्छ । उनले सबै प्रतियोगिताहरूमा ७६ खेलमा मात्र ७ गोल गरे ।

हाजार्डले फ्रान्सेली क्लब लिलेबाट आफ्नो करियर सुरु गरेका थिए । १४९ खेलहरूमा ५० गोल गरे । उनी २०१२ को समरमा चेल्सी गए । ३२ मिलियन पाण्डमा चेल्सी गएका उनले क्लबको लागि आफ्नो अन्तिम उपस्थितिमा आर्सनलविरुद्ध २०१९ युरोपा लिग फाइनलमा गोल गरेका थिए । उनले चेल्सीमा ३५२ खेलमा ११० गोल गरे । यता बेल्जियमका लागि उनले १२६ खेलमा ३३ गोल गरेका छन् ।




भर्खरै