२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पान मसालाको विज्ञापन खेलेपछि फेरि विवादित बने अक्षय कुमार



अ+ अ-

एजेन्सी । पान मसालाको विज्ञापन गरेपछि अक्षय कुमार फेरि विवादमा परेका छन् । अक्षय कुमारलाई आईसीसी विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलियाबीचको खेलमा नयाँ विज्ञापनमा देखियो, जसमा उनी शाहरुख खान र अजय देवगनसँग देखिएका थिए ।

यो विज्ञापनपछि उनलाई धेरै ट्रोल गरिएको थियो किनभने गत वर्ष उनले पान मसालाको विज्ञापनका लागि माफी मागेका थिए र आफूले कहिल्यै तम्बाकुको प्रचार नगर्ने बताएका थिए ।

खेलको क्रममा देखाइएको पान मसालाको विज्ञापन सामाजिक सञ्जालमा भाइरल भयो । विज्ञापनमा अजय देवगन र शाहरुख खान अक्षयसँग पान मसालाको प्रमोशन गरिरहेका देखिन्छन् । यो विज्ञापनको भिडियो भाइरल भएसँगै अक्षयको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘अक्षय कुमारले आफ्ना फ्यानहरू दुखी भएकाले आफूले पान मसालाको विज्ञापन कहिल्यै नखेल्ने बताएका थिए । त्यसोभए यो फेरि किन ?’ जबकि अर्काले लेखे, ‘उनी प्यान इन्डिया स्टार होइनन्, उनी पान इन्डिया स्टार हुन् ।’