२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब दक्ष नेपाली श्रमिक जर्मनी जान पाउने, आप्रवासन सम्बन्धी जर्मनीसँग श्रम सम्झौता



अ+ अ-

काठमाडौं: दक्ष श्रम आप्रवासन तथा ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्रमा जर्मनीको श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार दुबै देशका अधिकारीले हस्ताक्षर गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र जर्मनीका संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयका उपमन्त्री लियोनी गेबर्सको उपस्थितिमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको संघीय रोजगार एजेन्सीका निर्देशक माइकल भान डर क्यामेनले हस्ताक्षर गर्नु भएको श्रम मन्त्रालयले जनाएको छ ।

संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्नुअघि मन्त्री भण्डारीको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र जर्मन उपमन्त्रीको नेतृत्वमा उच्चस्तरीय जर्मन प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक भएको थियो । सो अवसरमा दुवै प्रतिनिधिमण्डलका प्रमुखहरूले मुख्यत: नेपाल जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, कानुनी आप्रवासनप्रति नेपालको प्रतिबद्धता, श्रमिकको हित तथा सामाजिक सुरक्षा,
जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसनलगायत विषयमा विचार आदान प्रदान भएको थियो ।

तथापि यो प्रक्रिया कहिले र कुन कुन क्षेत्रका लागि खुला गरिने छ भन्ने प्रष्ट भइसकेको छैन ।

बैठकमा नेपालबाट जर्मनीमा न्यायोचित र कानुनी श्रम आप्रवासनको मार्गमा संयुक्त घोषणापत्रमा हस्ताक्षर हुनु पहिलो कदम हुने बताएका थिए । मन्त्री शरतसिंह भण्डारीले पारस्परिक लाभका सबै क्षेत्रमा जर्मनी सरकारसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका थिए ।

जर्मनीका उपमन्त्रीले संयुक्त घोषणापत्रमा हस्ताक्षरबाट जर्मन रोजगार बजारको आवश्यकता अनुसार नेपाली दक्ष कामदारहरूलाई आप्रवासनमा संस्थागत व्यवस्थाको लागि अगाडि बढ्ने मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरेका थिए । उनले जर्मनीमा विदेशी दक्ष कामदार भर्ना गर्ने प्रक्रियालाई सहज बनाउन हाल कार्यान्वयनमा रहेको जर्मन स्किल्ड इमिग्रेसन एक्टको सकारात्मक पक्षबारे पनि प्रकाश पारेकी थिइन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र परराष्ट्र मन्त्रालय र नेपाली दूतावास बर्लिनका अन्य अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।