२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक सहिष्णुताका लागि मुस्लिम सङ्घको ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ : नेपाल मुस्लिम सङ्घले देशका केही भागमा देखिएको अवस्थालाई मध्यनजर गरी धार्मिक सहिष्णुता कायम गर्न सबैको ध्यानाकर्षण गराउँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज ज्ञापनपत्र बुझाएको छ ।

उक्त सङ्घका सभापति अतावुल मन्सुरको नेतृत्वको टोलीले आज मन्त्री श्रेष्ठलाई भेटी केही दिन यता देशका केही भागमा देखिएको धार्मिक असहिष्णुताप्रति नेपाल मुस्लिम सङ्घको गम्भीर चिन्ता रहेको भन्दै सहिष्णुता कायम गर्ने वातावरण बनाउन नेपाल सरकारसँग माग गरिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठमार्फत् नेपाल सरकारलाई दिइएको सो ज्ञापनपत्रमा नेपालीहरुका महान पर्वहरुको सुरुआतसँगै फेरि पनि त्यस्ता धार्मिक असहिष्णुताका घटना नदोहरिएलान् भन्न नसकिने भन्दै त्यसैले दसैँ, तिहार, छठ तथा मुस्लिम धर्मावलम्बीहरुले मनाउने  मोहर्रम पर्व मनाउने क्रममा आवश्यक सुरक्षा र सद्भावको व्यवस्थाका लागि माग गरिएको छ ।

यस्ता धार्मिक कार्य सम्पन्न गराउने क्रममा आवश्यक सुरक्षा प्रबन्धका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायका सबै अङ्गहरुलाई विशेष निर्देशन दिन सो ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।