२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : दक्षिण अफ्रिकाद्वारा अस्ट्रेलिया १३४ रनले पराजित



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत बिहीबारको दिवारात्रि खेलमा दक्षिण अफ्रिकाले यस सिजन खराब प्रदर्शन गरिरहेको अस्ट्रेलियालाई १३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ ।

भारतको लखनउमा भएको यस खेलमा दक्षिण अफ्रिकाले दिएको ३१२ रनको विशाल लक्ष पछ्याउने क्रममा अस्ट्रेलियाको टोली ४०.५ ओभरमा १७७ रनमै समेटिएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाका लागि प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी ककले व्यक्तिगत १०९ रन बनाएर टिमको आधार तयार पारेका थिए । म्याक्सवेलको बलमा बोल्ड हुनुअघि उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए ।

अन्य ब्याट्सम्यानमा कप्तान टेम्बा बाभुमाले ३५, रासी भान डर डुसेनले २६, ऐडन मार्करामले ५६, हेनरिच क्लासेनले २९, डेभिड मिलरले १७, मार्को यान्सेनले २६ रन बनाएका थिए ।

खराब फिल्डिङ गरेको अस्ट्रेलियाका लागि मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले समान दुई दुई विकेट लिएका थिए भने जस हेज्लवुड, प्याट कमिन्स र अडाम जाम्पाले समान एक एक विकेट लिएका थिए ।

जितका लागि ३१२ रनको लक्ष पछ्याएको अस्ट्रेलिया सुरुदेखि नै दबाबमा परेको थियो । प्रारम्भिक ब्याट्सम्यान मिचेल मार्श ७ र डेभिड वार्नर १३ रनमै पवेलियन फर्केपछि ठूलो रन पछ्याएको अस्ट्रेलियाले नियमित अन्तरालमा विकेट गुमाएको थियो ।

स्टिभन स्मिथ १९, मार्नस लाबुसाग्ने ४६, जस इन्गिस ५, ग्लेन म्याक्सवेल ३, मार्कस स्टोइनिस ५, मिचेल स्टार्क २७, प्याटक कमिन्स २२, एडम जाम्पा ११ र जस हेज्लवुड २ रन बनाएर आउट भए ।

चुस्त फिल्डिङ गरेको दक्षिण अफ्रिकाका लागि कागिसो राबाडाले ३ विकेट लिएका थिए भने मार्को यान्सेन, केशव महाराज र तब्रेज शाम्सीले समान दुई दुई विकेट लिएका थिए । लुंगी एन्गेडीले १ विकेट लिए ।

यो जितसँगै दक्षिण अफ्रिकाले २ खेलबाट ४ अंक बटुलेर पहिलो स्थानमा उक्लिएको छ । यद्यपी समान ४ अंक भएका न्युजील्यान्ड, भारत र पाकिस्तानले पनि दुई दुई खेल जितेर रन रेटका आधारमा क्रमश: दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

अस्ट्रेलिया भने लगातार २ खेलमा पराजित भएर अंक विहीन छ । यसअघि भएको खेलमा अस्ट्रेलिया भारतसँग पराजित भइसकेको छ ।