२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक: गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरो लगायत पश्चिमी बाढी पहिरोबाट हुने गरेका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रष्ट पारिरहेको बताउनु भयो । उहाँले पहिरो र बाढी जस्ता प्रत्यक्ष रुपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरुको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरुकै बारेमा अध्ययन गरिरहेका अध्येताहरु देशका लागि आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिरो र बाढी जस्ता प्रत्यक्ष रुपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरुको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरुकै बारेमा विज्ञता हासिल गरेका तपाईहरुको देशका लागि ठूलो आवश्यकता छ । गत साताकै बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरो लगायत पश्चिमी बाढी पहिरोबाट हुने गरेका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रष्ट पारिरहेको छ ।’

‘साथै ठूलो लगानी रहेका पूर्वाधार विकास र परियोजनाहरुमा सुरक्षित र प्रकोपमैत्री बनाउनु पनि उत्तिकै जरुरी भइसकेको छ । नेपाल सरकार यो तथ्यलाई मनन गर्दै आवश्यक स्थानमा तपाईहरुको प्रतिनिधित्व गराउन, तपाईहरुको ज्ञान र सान्दर्भिक कुराको कार्यान्वयन गर्न र आवश्यक नीति बनाउन सदैव तत्पर रहनेछ ।’

उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन र न्युनिकरणका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताउनु भयो ।