२० असार २०८३, शनिबार
,
Latest
सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेरामक्स परियोजना सम्बन्धी अहिलेसम्म भएका सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन निर्देशन



अ+ अ-

काठमाडौँ । सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ ।

सार्वजनिक लेखा समिमिको शुक्रवार बसेकोे बैठकले दूरसञ्चार प्राधिकरणलाई सात दिनभित्र टेरामक्स परियोजना सम्बन्धि सबै कागजात समितिलाई बुझाउन निर्देशन दिएको हो।

बैठकमा समितिले गरेको निर्णय सुनाउँदै लेखा समिति सभापति ऋषिकेश पोखरेलले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएको भन्दै यो प्रविधि खरिद प्रक्रियाको प्रारम्भदेखि अहिलेसम्मका कागज एवं निर्णयका विषयमा भएका गतिविधि सात दिन भित्र समितिमा बुझाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनुभएको हो । उहाँले निजी दूरसञ्चार सेवा प्रदायक संस्थानहरुलाई सेवा सञ्चालन अनुमति लाइसेन्समध्ये बन्द भइसकेको टेलिकमको लाइसेन्स बिक्रीको कार्य गैरकानूनी तवरबाट प्रक्रिया अगाडि बढेको भन्दै कम्पनीले तिर्नुपर्ने दायित्व भुक्तानी नगरी सकेकाले स्मार्ट टेलिकमको लाइसेन्स बिक्री कार्यलाई स्थगित राखी यस सम्बन्धमा भएका निर्णयका कागजात समितिमा उपलब्ध गराउन पनि निर्देशन दिनु भयो ।

उहाँले नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायकहरुबाट राज्यलाई बुझाउन बाँकी रहेको कुनै पनि राजश्व तीन महिनाभित्र अशुल गर्न पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण र सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले निर्धारित समयभित्र राजस्व नबुझाउने सेवा प्रदायकलाई कानुन बमोजिम कारबाही गरी त्यसको जानकारी समितिलाई गराउन पनि समितिले निर्देशन दिनुभयो । उहाँले ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत कार्यान्वयनमा रहेका परियोजनाहरुको कार्यप्रगति सुस्त रहेको निष्कर्ष समितिले निकालेको छ। सूचना महामार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यले गति नलिएकाले सो कार्यलाई शिघ्र अगाडि बढाउन समितिको बैठकले प्राधिकरणलाई निर्देशन दिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सूचना प्रविधिमा भएको विकासको गति अनरुप हाम्रो नीतिगत तथा कानूनी पूर्वाधार पक्षमा सुधार हुन सकेको छैन । कार्यान्वयन गर्नुपर्ने निकायहरुले विद्यमान कानूनको परिपालना गर्दै समस्या समाधान गर्नुभन्दा समस्या सिर्जना गर्ने तर्फ अग्रसर भएको देखिन्छ । राज्यलाई तिर्नुपर्ने कर,राजश्व वा दायित्व समयमा नै नतिर्ने कुनै कारण देखाई उन्मुक्ति लिन कोशिस गर्ने प्रवृतिप्रति कानून कार्यान्वयन गर्नुपर्ने दायित्वमा उदासिन भएको देखिन्छ । यसै सन्र्दभमा नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायकहरुले राज्यलाई तिर्नुपर्ने कुनैपनि प्रकारको राजश्व तिन महिनाभित्र अनिवार्य रुपमा कानून बमोजिम असुल गर्न सुचना तथा सञ्चार मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरण सम्बन्धित निकायलाई निर्देशन दिन्छ । निर्धारित समय भित्र हिसाव फरफारक नगर्ने सेवा प्रदायकहरुलाई नियम अनुसार कारबाही गरी सो को जानकारी समितिलाई उपलब्ध गराउन समितिको बैठक उल्लेखित निकायहरुलाई निर्देशित गर्दछ । ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत कार्यन्वयनमा रहेका परियोजनाहरुको कार्यप्रगति सुस्त रहेको पाइन्छ ।’

‘सूचना राजमार्गमा अप्टिकल फाइवर विछ्याउने कार्यले अपेक्षित गति नलिएकाले कार्यसम्पादन गर्न गराउन समितिको यो बैठक दुरसञ्चार प्राविकरणलाई निर्देशन गर्दछ । प्रतिस्पर्धाका कारण विश्व बजारमा दुरसञ्चार सेवाको मूल्य घट्ने क्रममा छ । हाम्रो सम्बन्धमा मूल्य न्युनिकरणको लागि आवश्यक प्रयास भएको पाइदैन । उपलब्ध सेवा सुविधा गुणस्तरीय छैन । न्युनतम मूल्यमा गुणस्तरिय सेवा प्रदान गराउन एथोचित पहल थाल्न समिति दूरसञ्चार प्राविकरणलाई निर्देशन गर्दछ । टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नु पर्ने भएकाले टेरामक्स प्रविधि खरिद प्रक्रियाको प्रारम्भ देखि अहिलेसम्मका कागजताहरु एंव निर्णयको प्रमाणित प्रतिलिपी सात दिनभित्र समितिलाई उपलब्ध गराउन समिति दूरसञ्चार प्राविकरणलाई निर्देशन गर्दछ । निजी दुरसञ्चार सेवा प्रदायक संस्थानहरुलाई सेवा सञ्चालन अनुमति लाइसेन्स मध्ये बन्द भइसकेको स्मार्ट सेलको लाइसेन्स बिक्रिको कार्य गैरकानूनी तवरबाट प्रक्रिया अगाडि बढेको भन्ने विषय छलफलमा आएकाले कम्पनीले तिर्नुपर्ने दायित्वहरु भुक्तानी नगरी सकेको र कम्पनी लिकुलेशनमा समेत नगएको अवस्थामा हाललाई यस कम्पनीको लाइसेन्स बिक्रि कार्यलाई स्थगित राख्न र यस सम्बन्धमा भएका निर्णयका कागजात समितिमा उपलब्ध गराउन सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन गर्दछ ।’

उहाँले प्रतिष्पर्धाका कारण विश्वबजारको दूरसञ्चार सेवाको मूल्य घट्ने क्रममा रहेको तर,नेपालको सम्बन्धमा मूल्य न्युनिकरणको उपाय नखोजिएको बताउनु भयो। उहाँले दूरसञ्चार सेवामा न्युनतम मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउनेतर्फ यथोचित पहल गर्न र गराउन पनि समितिले प्राधिकरणलाई निर्देशन दिनुभयो ।