२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिऔँ: प्रमुख सचेतक पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक पाण्डेले देशको आर्थिक अवस्थालाई अझ गतिशील बनाउनुपर्ने बताउनुभएको छ । उहाँले अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले प्राकृतिक स्रोत, साधनहरुको सदुपयोगमा पनि ध्यान दिनुपर्ने बताउनु भयो । त्यस्तै उहाँले संघीयताको कार्यान्वयनका लागि तिनै तहका सरकारका बिचमा समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । यसको निम्ति संघीय सरकारले पहलकदमी लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘देशको आर्थिक जो अवस्था छ, त्यसलाई अझ गतिशील बनाउनुपर्ने छ । अर्थतन्त्रलाई गतिशील बनाउनको लागि हामीले उत्पादन वृद्धिमा नै जोड गर्नुपर्ने हो । हाम्रा प्राकृतिक स्रोत, साधनहरुको सदुपयोगमा नै हामीले ध्यान दिनुपर्ने हो । सरकार यतातर्फ विशेष रुपमा लागोस् । संघीयताको दृढ कार्यान्वयनका लागि तिनवटै सरकारका बिच समन्वय, सहकार्य आवश्यक छ । यसका लागि संघीय सरकारको पहलकदमी आवश्यक छ । यसमा संघीय संसदको पनि भुमिका छ । कानून निर्माण लगायतका विषयवस्तुमा हामी सबैले आत्मसमिक्षा गर्दै अगाडी बढौँ ।’

उहाँले संघीयताको कार्यान्वयनमा संघीय संसदको पनि भुमिका हुने भन्दै आवश्यक कानून निर्माणका विषयमा आत्मसमिक्षा गर्नुपर्ने बताउनु भयो ।