२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र परदेशी २ हेरेपछि कलाकारको प्रतिक्रिया: सिने क्षेत्रमा अर्का हिरो थपिए



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा आएको छ ।

शुक्रवारबाट देशभरका हलहरुमा चलचित्र प्रदर्शनमा आएको हो । चलचित्र हेरिसकेपछि रंगपत्रकारसँग कुरा गर्दै अभिनेता दीपकराज गिरीले प्रकाश सपुतको अभिनय एकदमै उत्कृष्ट रहेको र पहिलो फिल्म जस्तो नलाग्ने बताउनु भयो । उहाँले प्रकाश सपुतले अभिनयमा पनि आफूलाई प्रमाणित गर्नसक्ने देखिएको बताउनु भयो ।

उहाँले अभिनेताको रुपमा प्रकाश सपुत उदाएको बताउनु भयो । अर्को दशैँमा आफूहरुको फिल्म ल्याउने घोषणा गर्नुभयो । त्यस्तै वरिष्ठ कलाकार मनोज गजुरेलले फिल्मको दोस्रो भाग उत्कृष्ट रहेको बताउनु भयो । उहाँले गाउँ घरमा देशमा युवाहरु नहुनु र गाउँ रित्तो हुने जस्ता समस्या फिल्ममा देखाइएको बताउनु भयो ।

त्यस्तै अभिनेत्री वर्षा शिवाकोटीले फिल्म राम्रो भएको प्रतिक्रिया पाएको बताउनु भयो । अभिनेता प्रकाश सपुतले राम्रो प्रतिक्रिया पाएको र दर्शकहरुले धेरै रुचाएको प्रतिक्रिया दिनुभयो । त्यस्तै अभिनेत्री केकी अधिकारीले दर्शकहरुले फिल्मले मन छोएको जस्तो प्रतिक्रिया दिइरहेको बताउनु भयो ।

गायक प्रकाश सपुतको डेब्यु चलचित्र ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको चलचित्र ‘परदेशी’को सिक्वेल हो । चलचित्रमा सपुतसँगै नायिकाहरु केकी अधिकारी, वर्षा शिवाकोटी, रमा थपलिया र नायकहरु दिलिप रायमाझी र नीर शाहको अभिनय छ ।

चलचित्रलाई गायक तथा संगीतकार नारायण रायमाझीले निर्देशन गरेका हुन् । विदेशिएका नेपाली युवाले भोग्नुपरेको कथा समेटिएको चलचित्रलाई नारायण रायमाझी र राजेश वंशलले मिलेर निर्माण गरेका हुन् ।