२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

केदारलाई मुख्यमन्त्री नियुक्त गर्न सांसदहरु पुगे प्रदेश प्रमुखको कार्यालयमा



अ+ अ-

बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा शेखर कोइराला निकट केदार कार्कीलाई समर्थन गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् । देउवाले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेपनि कार्कीले मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि लागि दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिएको छ ।

मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट इन्द्र आङ्बोले पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपासहित ४७ जना सांसदको हस्ताक्षर बुझाएर दाबी गरेका छन् । दुबैतर्फको दबाब बढेपछि प्रदेश प्रमुख कानुनी परामर्शमा छन् ।

 




भर्खरै