२४ जेष्ठ २०८३, आईतवार
,
Latest
इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ, अराजकता अस्वीकार्य: ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको अराजकतालाई स्वीकार गर्न नसकिने बताउनु .भएको छ ।

अध्यक्ष ओलीले पार्टी भित्रको अराजकतालाई एक इन्च पनि स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरुलाई निर्देशन दिनुभयो ।

शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनवाद मात्रै बुझ्ने, केन्द्रियतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबधिएको मानिस पार्टीमा हुनै नसक्ने बताउनु भयो । अध्यक्ष ओलीले पार्टी भित्र सुदृढ अनुशासन चाहिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले सजिलो भएको छ–म महासचिव मान्दिन । म महासचिव मान्दिन । के भनेको त्यो ? म उपमहासचिव मान्दिन । म फलानालाई मान्दिन । के भनेको त्यो ? त्यस्तो भन्ने साथी पार्टी छ कि छैन भनेर बुझने ? कसलाई मान्छ त ? घरमा गएर बालाई मान्छ ? आमालाई मान्छ । मान्नै पर्छ नि । यहाँ पार्टीमा त संगठन मान्ने कुरा हो । त्यसकारण यो मान्दिन, ऊ मान्दिन भन्ने । यसो भन्ने, ऊसो भन्ने । यो खालको कुरा अनुशासनहिन अराजकताका कुरा हुन । जसले पार्टी पार्टी रहँदैन । पार्टी पार्टीको ढंगले हिँडदैन । त्यसर्थ, पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ । जनवादीसहितको तर हो चाँही के भन्दा केन्द्रियता । केन्द्रियतासहितको जनवाद होइन्, केन्द्रियतावादी जनवाद होइन । जनवादी केन्द्रियता । केन्द्रियता नभई पार्टी हुनै सक्दैन । केन्द्र नभई देशभरीको पार्टी के हुन्छ ? हरेक सदस्य ऊ आफै पार्टीको सिंगो रचना त हुन नसक्दैन न नि । पार्टीको संरचनालाई स्विकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ ? त्यसकारण पार्टीको संरचना नीति स्विकार गर्नु पर्दछ । विधि स्विकार्नु पर्दछ भनेको त्यो नीति कार्यान्वयन गर्ने तौरतरिका संगठनात्मक संरचना र त्यसको परिचालन ।

उहाँले भन्नुभयो, ‘अव व्यक्तिहरुको परिचालन विभिन्न समूह बनाएर परिचालन गर्ने कुरा हो । पार्टी भनेको अनुशासन युक्त हुन्छ । त्यसकारण सुदृढ अनुशासन पार्टीमा चाहिन्छ । अहिले हाम्रो पार्टीमा बझन पर्ने कुरा पार्टीमा अनुशासन चाहिन्छ भन्ने कुरा हो । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु–जहाँ पनि अराजकतालाई कहीँ पनि एक इन्च अस्विकार गर्नुस् । एक इन्च पनि स्विकार नगर्नुस् । हरेक ठाउँमा अस्विकार गर्नुस अराजकतालाई । जनवाद मात्रै बुझ्ने, केन्द्रियतालाई नबुझ्नेले पार्टी बुझ्दै बुझेन, बजार बुझ्यो । पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाधिएको मानिस पार्टी हुन सक्दैन ।अहिले सजिलो भएको छ–म महासचिव मान्दिन । म महासचिव मान्दिन । के भनेको त्यो ? म उपमहासचिव मान्दिन । म फलानालाई मान्दिन । के भनेको त्यो ? त्यस्तो भन्ने साथी पार्टी छ कि छैन भनेर बुझने ? कसलाई मान्छ त ? घरमा गएर बालाई मान्छ ? आमालाई मान्छ । मान्नै पर्छ नि । यहाँ पार्टीमा त संगठन मान्ने कुरा हो । त्यसकारण यो मान्दिन, ऊ मान्दिन भन्ने । यसो भन्ने, ऊसो भन्ने । यो खालको कुरा अनुशासनहिन अराजकताका कुरा हुन । जसले पार्टी पार्टी रहँदैन । पार्टी पार्टीको ढंगले हिँडदैन । त्यसर्थ, पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ ।”

उहाँले भन्नुभयो,’जनवादीसहितको तर हो चाँही के भन्दा केन्द्रियता । केन्द्रियतासहितको जनवाद होइन्, केन्द्रियतावादी जनवाद होइन । जनवादी केन्द्रियता । केन्द्रियता नभई पार्टी हुनै सक्दैन । केन्द्र नभई देशभरीको पार्टी के हुन्छ ? हरेक सदस्य ऊ आफै पार्टीको सिंगो रचना त हुन नसक्दैन न नि । पार्टीको संरचनालाई स्विकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ ? त्यसकारण पार्टीको संरचना नीति स्विकार गर्नु पर्दछ । विधि स्विकार्नु पर्दछ भनेको त्यो नीति कार्यान्वयन गर्ने तौरतरिका संगठनात्मक संरचना र त्यसको परिचालन । अव व्यक्तिहरुको परिचालन विभिन्न समूह बनाएर परिचालन गर्ने कुरा हो । पार्टी भनेको अनुशासन युक्त हुन्छ । त्यसकारण सुदृढ अनुशासन पार्टीमा चाहिन्छ । अहिले हाम्रो पार्टीमा बझन पर्ने कुरा पार्टीमा अनुशासन चाहिन्छ भन्ने कुरा हो । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु–जहाँ पनि अराजकतालाई कहीँ पनि एक इन्च अस्विकार गर्नुस् । एक इन्च पनि स्विकार नगर्नुस् । हरेक ठाउँमा अस्विकार गर्नुस अराजकतालाई । जनवाद मात्रै बुझ्ने, केन्द्रियतालाई नबुझ्नेले पार्टी बुझ्दै बुझेन, बजार बुझ्यो । पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबधिएको मानिस पार्टी हुन सक्दैन ।’

ओलीले नीति र विधिको पार्टी हुनै नसक्ने बताउनु भयो ।