२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्याण्डको लगातार तेस्रो जीत, बङ्गलादेशलाई ८ विकेटले हरायो



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको दिवारात्रि खेलमा न्युजील्यान्डले बंगलादेशलाई आठ विकेटले पराजित गरेको छ । भारतको चेन्नेइमा भएको यस खेलमा न्युजील्यान्डले २४६ रनको लक्ष ४२.५ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ९ विकेट गुमाएर २४५ रन मात्र बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ६६ रन बनाएका थिए ।

बंगलादेशको ब्याटिङ स्कोर
तन्जिद हसन – १६ रन
मेहदी हसन मिर्जा – ३० रन
नजमुल शान्टो – ७ रन
कप्तान शकिब अल हसन – ४० रन
तोहिद हृदोय – १३ रन
महमदुल्लाह – ४१ रन
तस्किन अहमद – १७ रन
मुस्तफिजुर रहमान – ४ रन
शोरिफुल इस्लाम – २ रन
लिटोन दास – ० रन

न्युजील्यान्डका लागि लकी फर्गुसनले ३, ट्रेन्ट बोल्ट र म्याट हेन्रीले समान दुईदुई तथा मिचेल सान्टनर र ग्लेन फिलिप्सले समान एकएक विकेट लिएका थिए ।

२४६ रनको लक्ष पछ्याउने क्रममा न्युजील्यान्डका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । डेभोन कन्भोएले शकिबको बलमा एलबिडब्लु हुनुअघि ४५ रन बनाएका थिए ।

अघिल्ला म्याचमा उत्कृष्ट प्रदर्शन गरेका रचिन रबिन्द्र भने मुस्तफिजुर रहमानको बलमा क्याचआउट हुनुअघि ९ रन मात्र बनाएका थिए । तर त्यसपछि कप्तान केन विलियम्सनले रिटायर्ड हर्ट हुनुअघि ७८ रन, ड्यारिले मिचेलले अविजित ८९ रन तथा ग्लेन फिलिप्सले अविजित १६ रन बनाएका थिए ।

यो जितसँगै न्युजील्यान्ड ३ खेलबाट शतप्रतिशत नतिजा निकाल्दै ६ अंक बनाएको छ । बंगलादेश भने २ हार र १ जितका साथ २ अंक प्राप्त गरी छैटौं स्थानमा छ ।

अंक तालिका
न्युजील्यान्ड – ६ अंक
दक्षिण अफ्रिका – ४ अंक
भारत – ४ अंक
पाकिस्तान – ४ अंक
इङल्यान्ड – २ अंक
बंगलादेश – २ अंक
(श्रीलंका, अस्ट्रेलिया, नेदरल्यान्ड्स र अफगानिस्तान अंकविहीन छन् )

आजको खेल
भारत र पाकिस्तान
अहमदाबाद, अपराह्न २.१५ बजे