२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म र स्वर्णीमलाई हराउन बन्न लागेको महागठबन्धनले कोशीमा सार्थकता पाएछ’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी प्रदेशमा एमालेको सहगोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबनधनले सार्थकता पाएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘गत उपनिर्वाचनमा मलाई र डा स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठवन्धनुले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्।’

यस्तै, लामिछानेले आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गर्न र चुनाव चिन्ह पनि एउटै राख्न सुझाएका छन् ।

उनले अगाडी लेखेका छन् – ‘ढिला नगरी ‘महागठबन्धनवादी मोर्चा’को घोषणा सभा बारेपनि सुन्न पाइयोस् । उदेश्य एउटै, कार्यशैली एउटै,चरित्र एउटै, गन्तव्य एउटै भएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै ??’