२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीबाट निस्केको सुनिलहरूको यात्रा पुग्ला सिंहदरबार ?



अ+ अ-

काठमाडौँ । नक्कली सर्टिफिकेटको निहुँमा आफ्ना विरुद्ध सरकार लागेपछि बिच्किएका काँग्रेसका सांसद डा सुनिल शर्मा कोशीबाट आफ्नो हैसियत देखाइदिने भन्दै पूर्वतिर लागेका थिए । नभन्दै आज त्यसको परिणाम उनीहरुकै समूहको पक्षमा आयो, काँग्रेसको ‘विद्रोही’ समूहले सरकार बनायो ।

सभापति शेरबहादुर देउवासँग सुरुमा शेखर कोइराला समूहका नेताहरुले प्रचण्डको पञ्जाबाट बाहिर निकाल्न खोजेका थिए । तर लामो समयको रस्साकस्सीपछि पनि त्यो सम्भव भएन । प्रचण्ड सरकार अलोकप्रिय बन्दै गयो, त्यसको मोहरा काँग्रेस बन्दै गयो । त्यत्तिकैमा पक्राउ परेका थिए काँग्रेसकै सांसद डा सुनिल शर्मा ।

आफ्नै पार्टी सरकारमा रहेका बेला अर्थमन्त्री डा प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई पक्राउ गरे भनेर डा शर्मा जसरी भूमिगत गिरोहजस्तो गरी लागेका थिए, त्यसको परिणाम शनिबार निस्किएको छ । कोशी सरकारको परिणामले उनलाई लखेटिरहेको वर्तमान सरकार लगभग धरापमा पर्न लागेको देखिएको छ ।

शनिबार परिणाम यस्तो देखियो आफ्नै पार्टीमा बिद्रोह गरेर काँग्रेसको शेखर समूहले आफू पक्षीय मुख्यमन्त्री केदार कार्कीलाइ बनाइछाडे । काँग्रेस सभापति देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मात्र होइन राष्ट्रपति रामचन्द्र पौडेललाई समेत शेखरलाई दबाब दिन लगाए । तर त्यसको दरिलो टेकोमा थिए महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश अनि सांसद डा शर्मा ।

कार्कीले नाम फिर्ता लिएनन्, अवज्ञा नै गरे र अन्तत: मुख्यमन्त्री एमालेसँग मिलेर बने । यसले परिस्थिति यस्तो बन्यो कि एउटा कागजको खोस्टो बन्यो र जम्माजम्मी १८ शब्दमा लेखिएको यो गठबनधन बचाउँछौँ भन्ने कबुलियतीनामामा प्रचण्ड, देउवा र शेखरले सही गरे । अझै अर्को परिस्थिति त यस्तो बन्यो कि पार्टी सभापतिले नै आफ्नै पार्टीका अर्का नेतासँग सहमति गर्नुपर्यो त्यो पनि बडो टिठलाग्दो कागजको खोस्टोमा ।

यो सफलतापछि अहिले अब त्यहाँको संसदीय दलको नेता समेत फेर्ने तयारी सो समूहले थालिसकेको छ । सुनिँदैछ यसको जिम्मेवारी पनि डा शर्माले लिएका छन् । अहिले मुख्यमन्त्रीको पक्षमा देखिएका ९ जना बाहेक अब त्यहाँ संसदीय दलको नेता छान्नका लागि काँग्रेसका २८ जना सांसदमध्ये ६ जना आवश्यक छ र ती ६ जनालाई शेखर समूहका पक्षमा ल्याउने जिम्मा पनि शर्माले लिएका छन् ।

कोशीको कहर काठमाडौँ प्रवेश गर्ने निश्चितै छ । यो कोशीे सरकारले आउने ३० दिन भित्र विश्वासको मत लिएपछि यो अभियानको तीर काठमाडौँतिर सोझिने देखिँदैछ । आजको दृश्य हेर्दा त बलियो टेकोमा उभिएको छ कोशीको प्रदेश सरकार । अब यसले प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनलाई ताक्ने नै देखिएको छ ।

कोशी सरकारको गठनका विषयमा शनिबार गरिएको तीन नेताको हस्ताक्षरको कमजोर कबुलियतनामाले पनि कोशीको भेल काठमाडौँसम्मै आउँछ भन्नेहरु धेरै छन् । यसले सभापति देउवालाई अब प्रचण्डसँगको गठबन्धन तोडेर आफू प्रधानमन्त्री बन्ने कि एमालेको सहयोगमा बन्ने शेखर कोइरालको सरकारलाई समर्थन गर्ने भन्ने धर्म संकटमा धकेलिदिएको छ ।

शेखर समूहको अबको गृहकार्य कोशी सरकारलाई विश्वासको मत दिलाउनु हो । त्यसपछि काठमाडौँमा कोशी छिराउन हतारिएका छन् डा शर्माहरु । देउवालाई प्रचण्डको पञ्जाबाट बाहिर निकाल्न उनीहरुको अस्त्र कोशी मार्ग नै बन्नेछ ।




भर्खरै