२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँ शुरु भएसँगै भक्तपुरमा नवरात मेला शुरु



अ+ अ-

काठमाडौँ । दशैँ शुरु भएसँगै भक्तपुरमा नवरात (नौ राते) मेला शुरु भएको छ ।

आज बिहान दशैँको पहिलो दिन आईतवार व्रम्हायणीमा मेला शुरु भएको हो । प्रत्येक वर्ष दशैँको घटस्थापनासँगै नौ राते मेला शुरु हुन्छ । आज भक्तपुरको व्रह्मायणीसँगै विभिन्न शक्तिपीठमा भक्तजनको भीड छ ।

रातको समयमा मेला लाग्ने भएकोले स्थानीयहरु यसलाई नवरात अर्थात् नौ राते मेला भनेर बुझ्ने गर्दछन् । मेला बिहान पनि मेला लाग्छ तर बिहानको तुलनामा साँझको समयमा मेला भर्नेको संख्या धेरै हुन्छ । साँझमा बाजागाजाका साथ टोलटोलबाट भक्तजनहरू सहभागी हुने गर्दछन् ।

नवरातको नौ दिन नौ छुट्टाछुटै शक्तिपीठमा बिहान र साँझ दिनमा दुई पटक मेला लाग्ने गर्छ । यस अनुसार पहिलो दिन भक्तपुरको व्रम्हायणीमा मेला लाग्छ । अन्तिम दिन पनि यही ठाउँमा मेला लाग्छ । परम्पराअनुसार पहिलो दिन ब्रम्हायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौं दिन बाराही, छैटौं दिन इन्द्रयाणी, सातौ दिन महाकाली, आठौ दिन महालक्ष्मी, नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन अर्थात विजया दशमीको दिन फेरि ब्रम्हायणीमा मेला लाग्ने गर्छ ।




भर्खरै