२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्डवाट सम्मानित



अ+ अ-

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरपे्रनियर्स अवार्डबाट सम्मानित भएका छन् ।

युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएवापत ढकाललाई “एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड” अन्तर्गतको “योङ ईन्टरप्रेनियर्स अवार्ड” प्रदान गरिएको हो ।

सिजन मिडियाको आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्मान सहित उक्त अवार्ड प्रदान गरेका हुन् । युवा उद्यमी ढकाल, व्यवसायीक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । उनको पर्यटन, कृषि, वित्त, सूचना–प्रविधि, हस्पिटालिटी, कानुनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसाय लगायतका थुप्रै क्षेत्रमा संलग्नता रहेको छ ।

ढकालले पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मुख्य व्यवसाय बनाएर अघि बढेका छन् ।  उनकै पहलमा १६ वर्षपछि पहिलो पटक नयाँ ब्रोकर कम्पनीले लाईसेन्स पाउन सफल भएका थिए भने यस क्षेत्रमा रहँदै आएको सिण्डिकेट समेत तोडिन पुगेको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार फोरमका केन्द्रीय सदस्य समेत हुन् । ढकालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्र्तिण गरेका छन् भने त्रिभुवन विश्वविद्यायलयबाटै कानून शास्त्रमा स्नातक गरेका छन् ।

कानून व्यवसायी समेत रहेका ढकाल पाटन उच्च बारका कार्यसमिति सदस्य हुन् । हाल उनले त्रिभुवन विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधी गरिरहेका छन् । अवार्ड प्राप्त गरेपश्चात आँफुलाई अझ बढि जिम्मेवारीबोध भएको र आगामी दिनमा युवा उद्यमशिलताको विकास, नेपालको पुँजीवजारको सुधार र सुदृढिकरणको लागी थप सक्रिय रहन प्रेरणा मिलेको ढकालले वताए ।




भर्खरै