२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आस्था राउतको ‘लै बरी लै’ गीत सार्वजनिक– भिडियोसहित



अ+ अ-

काठमाडौँ । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ ।

घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको गीत गायिका आस्थाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा सावित्री राउतको शब्द र सुरेश अधिकारीको संगीत छ भने किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।

गायिका आस्थाले ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् ।

गीतको भिडियोमा आस्था राउत, राज कटुवाल, मिहाङ र प्रवेशको अभिनय छ । भिडियोमा उपाशना शाक्य, कृतिका बराल, कञ्चन श्रेष्ठ, रिया सुन्दासलाई पनि देख्न सकिन्छ । गीतले छोटो जिन्दगीमा रामरमाइलो गर्नुपर्ने सन्देश दिन्छ ।

गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शकको साथ पाउने विश्वास व्यक्त गरेकी छिन् । यो गीत मात्र नभएर मेरा प्यारा दर्शकलाई सन्देश पनि हो,’ आस्थाको भनाइ छ ।

उनको नृत्य कौशलले उनी गीत र नृत्य बराबरी गर्न सक्ने पक्का परफर्मर भएको सन्देश दिन सफल भएकी छिन् ।

किरण थापा निर्देशित भिडियोमा झोलेइज्मको छायांकन, सम्पादन र भिजुअल इफेक्ट, किरन थापाको कोरियोग्राफी, रमा विश्वर्काको सहायक कोरियोग्राफी, प्रज्वल थापा मगरको सहायक छायांकन छ ।




भर्खरै