५ असार २०८३, शुक्रबार
,
Latest
फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसविरुद्ध नेपालले आक्रामक खेल खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले लाओसविरुद्ध नेपाल आक्रामक खेल खेल्ने रणनितिका साथ मैदान उत्रिने बताएका छन् ।

फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणको दोस्रो लेगअघिको पत्रकार सम्मेलनमा एनेसले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालले भोलि मंगलबार लाओसविरुद्ध प्रारम्भिक चरणको दोस्रो लेग उसकै घरेलु मैदानमा खेल्दैछ ।

‘यहाँ आउन पाउँदा खुसी लाग्यो । पहिलो खेलमा लाओसले धेरै सयम खेर फालेको थियो । रेफ्रीको निर्णय पनि हाम्रो पक्षमा थिएन । तर हामीले उनीहरुलाई मात्र दोस दिन मिल्दैन पहिलो खेल निकै खराब थियो । यसबाट पाठ सिक्दै हामीले आफैमा ध्यान केन्द्रित गर्न आवश्यक छ,’ उनले भने ।

सो खेल नेपाल र आफ्नो लागि पनि निकै महत्वपूर्ण रहेको बताउँदै उनले अगाडि भने ‘यदि हामीले अगाडि बढ्ने हो भने हामीले जित्नुपर्छ र यो गाह्रो छ तर हामी तयार छौं । हामी आक्रामक फुटबल खेल्नेछौं । लाओस पनि आक्रमक हुनेछ । म तिनीहरूलाई सम्मान गर्छु, तर हामीले भोलि सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।’

नेपालले गत बिहीबार घरेलु मैदान दशरथ रंगशालामा भएको पहिलो लेगमा १–१ को बराबरी खेलेको थियो ।




भर्खरै