काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार सुनको मुल्य तोलामा रु ३ सयले बढेको छ ।
हिजो (आईतबार) छापावाला सुनको मुल्य प्रतितोला रु ९० हजार ७ सय थियो भने आज रु ३ सयले बढेर प्रतितोला रु ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु ९० हजार ५ सय कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १३०० निर्धारण गरिएको छ ।







