म्यानमार । म्यानमारको सुरक्षाकर्मीले एक जापानी पत्रकारलाई नियन्त्रणमा लिएको छ । म्यानमार स्थित जापानी दुतावासका अनुसार जापानी पत्रकार हिरोकी किताजुमीलाई गयराती उनकै निवासबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।
पक्राउको कारण र उनको पछिल्लो स्वास्थ्य अबस्थाबारे कुनै जानकारी नभएको भन्दै दुतावासले उनलाई यानगोनको हिरासतमा राखिएको पुष्टि गरेकोछ । जापानको सरकारी संचार सस्था एन.एच.केले पत्रकार हिरोकी घरमै बसिरहेका बेला पक्राउ परेको उल्लेख गरेको छ।
समाचारहरु अनुसार उनि यस अघि फेब्रुअरी महिनामा पनि पक्राउ परेका थिए । त्यतिबेला उनलाई बिहान पक्राउ गरि साँझ रिहा गरेको थियो । म्यानमारमा सेना बिरुद्द हुने प्रदर्शनको रेपोर्टिंग गर्ने पत्रकारहरु माथि त्यहाको सेनाले धरपकट गर्ने गरेको समाचारमा जनाइएको छ।












